BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभा बैठकमा आज संघीय निजामती सेवा विधेयक पारित गरिने, रास्वपाको अवरोध जारी रहने

२०८२ असार ३

प्रतिनिधिसभा बैठकमा आज संघीय निजामती सेवा विधेयक पारित गरिने, रास्वपाको अवरोध जारी रहने
प्रतिनिधिसभा बैठकमा आज संघीय निजामती सेवा विधेयक पारित गरिने, रास्वपाको अवरोध जारी रहने

काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ।

Tata
GBIME
Nepal Life

आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।

सो प्रस्तावमाथि आज छलफल गरि पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।

आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध भने जारी रहनेछ।