BIZMANDU
www.bizmandu.com

सूर्य नेपाल प्रिमियर गल्फ : पहिलो दिन रविलाई अग्रता, सुवास १ स्ट्रोकले पछाडि

२०८२ असार २

सूर्य नेपाल प्रिमियर गल्फ : पहिलो दिन रविलाई अग्रता, सुवास १ स्ट्रोकले पछाडि
सूर्य नेपाल प्रिमियर गल्फ : पहिलो दिन रविलाई अग्रता, सुवास १ स्ट्रोकले पछाडि

काठमाडौं। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्काले पहिलो दिन अग्रता बनाएका छन्।  

Tata
GBIME

सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिताको पहिलो दिन गोकर्ण गल्फ क्लबमा ५-अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई १ स्ट्रोकले पछि परेका हुन्।

सुवास ४-अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे। ३-अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे।

२-अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्त रुपमा सातौं स्थानमा छन्। १-अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपलेनवौं स्थान बाँडे।

पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मासकाए। यसपछि ब्याक नाइनमा उनले १२औं र १७औंहोलमा एक-एक सट बचाए। १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३-अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेखेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कार प्राप्त गर्नेछन्।