BIZMANDU
www.bizmandu.com

डिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

२०८२ असार २

डिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने
डिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर : पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

काठमाडौं। डिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ अफर सार्वजनिक गरेको छ। निश्चित समयका लागि जारी गरिएको यो अफरअन्तर्गत डिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नु नपर्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

कम्पनीका अनुसार यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको लक्जरी इभी ब्रान्ड डिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ।

ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र आव ८२/८३ को निःशुल्क सडक कर पनि पाउने कम्पनीले जानकारी दिएको छ। यो योजना डिपल एस०७, डिपल एस०७ एल र डिपल एल०७ मा नेपालभरका सोरुममा उपलब्ध हुनेछ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी डिपल बिक्री भइसकेको छ। जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयूडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फर्स्ट फिचरहरूले डिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको छ।