BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक र सोल्टी होटलबीच सम्झौता, बैंकका ग्राहकले सोल्टीका सबै आउटलेटमा १०% छुट पाउने

२०८२ असार २

सिटिजन्स बैंक र सोल्टी होटलबीच सम्झौता, बैंकका ग्राहकले सोल्टीका सबै आउटलेटमा १०% छुट पाउने
सिटिजन्स बैंक र सोल्टी होटलबीच सम्झौता, बैंकका ग्राहकले सोल्टीका सबै आउटलेटमा १०% छुट पाउने

काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको द सोल्टी होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन होटलसँग सम्झौता गरेको छ।

Tata
GBIME

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकले सोल्टी होटलका सम्पूर्ण आउटलेटमा १० प्रतिशत छुट पाउनेछन्।

यो सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले सोल्टी हेरिटेज क्लबमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। होटलसँगको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ। साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने पनि बैंकको अपेक्षा छ।