BIZMANDU
www.bizmandu.com

एनसेलको ‘सधैं अन करोडपति’ योजना : एक करोड रुपैयाँ नगद बम्पर पुरस्कार

२०८२ असार २

एनसेलको ‘सधैं अन करोडपति’ योजना : एक करोड रुपैयाँ नगद बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना : एक करोड रुपैयाँ नगद बम्पर पुरस्कार

काठमाडौं। एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ। एनसेलले ग्राहकहरुले १ करोड रुपैयाँ बम्पर नगद पुरस्कार जित्ने योजना सञ्चालनमा ल्याएको हो।

Tata
GBIME

यो योजनामा हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन्।यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी रहने एनसेलले जनाएको छ। यो योजनामा सहभागी कुनै पनि ग्राहकको हात खालि हुने छैन, प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्छन्।

सधैँ अन करोडपति योजना असार १ देखि लागू भएको एनसेलले जनाएको छ। यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटाप्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनुपर्छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले कम्पनीले ग्राहकका लागि एक दशक भन्दा लामो समयपछि ठूलो योजना सञ्चालनमा ल्याएको बताए।

‘सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो सधैं अन पहलअन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं,’ उनले भने, ‘१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विषेश बनेको छ।’