BIZMANDU
www.bizmandu.com

परराष्ट्रमन्त्री राणासामु राजदूत बासले भने- इजरायलमा रहेका नेपाली नागरिक सुरक्षित छन्

२०८२ असार २

परराष्ट्रमन्त्री राणासामु राजदूत बासले भने- इजरायलमा रहेका नेपाली नागरिक सुरक्षित छन्
परराष्ट्रमन्त्री राणासामु राजदूत बासले भने- इजरायलमा रहेका नेपाली नागरिक सुरक्षित छन्

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन्।

Tata
GBIME

उनले सोमबार नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासलाई मन्त्रालयमा बोलाएर इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइ उनीहरुलाई आवश्यक सहायता उपलब्ध गराउन आग्रह गरिन्।

केही दिनयतादेखि इजरायल र इरानबीच युद्ध चलिरहेको छ। राजदूत बासले मन्त्री राणासामु इजरायलमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराए।