BIZMANDU
www.bizmandu.com

महिन्द्राले एक्सइभी ९ई र बीई-६ लाई हाइब्रिड पावरट्रेनमा पनि ल्याउने, उत्पादनमा रणनीति फेर्दै

२०८२ असार २

महिन्द्राले एक्सइभी ९ई र बीई-६ लाई हाइब्रिड पावरट्रेनमा पनि ल्याउने, उत्पादनमा रणनीति फेर्दै
महिन्द्राले एक्सइभी ९ई र बीई-६ लाई हाइब्रिड पावरट्रेनमा पनि ल्याउने, उत्पादनमा रणनीति फेर्दै

काठमाडौं। भारतीय अटोमेकर महिन्द्राले पनि एक्सईभी ९ई र बीई-६ लाई हाइब्रिड पावरट्रेनमा बाजरमा ल्याउने भएको छ।कम्पनीले यी दुई मोडललाई स्ट्रङ हाइब्रिड पावरट्रेनमा उत्पादन गर्न लागेको जनाएको हो।

Tata
GBIME

महिन्द्रा आइसी इन्जिन र बर्न इभी दुवै प्लेटफर्ममा हाइब्रिड प्रविधिको प्रयोग गर्ने सोचमा छ। केही समयअघि कम्पनीले इभीलाई मात्र भविष्यको रुपमा देखेको बताएको थियो, तर हाइब्रिडमा चासो निरन्तर बढ्दै गएपछि कम्पनीले यस्तो योजना बनाएको हो।

यसमा १.२ लिटरमो पेट्रोल इन्जिन छ भने हाइब्रिड सिस्टममा रेन्ज एक्सटेन्डर छ। अहिले भएका इलेक्ट्रिक मोडललाई परिष्कृत गर्न आइसीई पावरप्लान्ट राख्नका लागि रि-इन्जिनियरिङ गर्ने योजना कम्पनीको छ।

महिन्द्राले आफ्नो एक्सयुभी थ्रीएक्सओ लगायतका आइस इन्जिन मोडलहरुका लागि स्ट्रोङ हाइब्रिड सिस्टम र एक्सईभी ९ई र बीई ६ जस्ता इभी मोडलहरुका लागि रेन्ज-एक्सटेन्डर हाइब्रिड पावरट्रेन प्रयोग गर्ने योजनामा छ।

कम्पनीले २०२६ सम्ममा एक्सयुभी थ्रीएक्सओ हाइब्रिड ल्याउने योजना बनाएको छ। महिन्द्राले पहिले हाइब्रिड प्रविधिमा खासै चासो नदेखाएको भए पनि इभी अपनाउने गति सुस्त हुनु र हाइब्रिडहरुको माग बढ्दै जानुले कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको देखिन्छ।