BIZMANDU
www.bizmandu.com

असार ६ गतेबाट संचालनमा आउनेछ ग्वार्कोको ओभरपास, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२०८२ असार २

असार ६ गतेबाट संचालनमा आउनेछ ग्वार्कोको ओभरपास, प्रधानमन्त्रीले उद्घाटन गर्ने
असार ६ गतेबाट संचालनमा आउनेछ ग्वार्कोको ओभरपास, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा असार ६ गतेदेखि सवारीसाधन संचालन हुने भएको छ।

Tata
GBIME

हाल ओभरपासको मुख्य संरचना निर्माण पूरा भइसकेको छ। असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनसँगै ओभरपासबाट सवारी साधन संचालन खुला गरिनेछ। यसले सो क्षेत्रमा देखिँदै आएको सवारी जाम कम हुने अपेक्षा छ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँगै सडक विभागका प्रतिनिधि ओभरपास निर्माणको स्थलगत निरीक्षणमा पुगेका थिए। त्यसक्रममा छिट्टै सबै काम सकाएर सवारीसाधन संचालनको तयारी गर्न निर्देशन दिइएको थियो ।

मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भए पछि सवारीसाधन संचालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए।