काठमाडौं। स्वदेशी राइडिङ एपलाई प्राथमिकता दिने गरि गण्डकी प्रदेशले यात्रु सुरक्षाको प्रत्याभुति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गर्ने भएको छ।
प्रदेश सभाको आइतबारको बैठकमा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत गर्दै यात्रु सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने बताएका हुन्।
केही दिन अगाडि यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले राइड सेयरिङमा ल्याएको केही विषयमा चित्त नबुझेर आन्दोलन समेत गरेका थिए। तर प्रदेश सरकारले अब भने बजेटबाट उक्त विषयलाई अगाडि बढाएको छ।