BIZMANDU
www.bizmandu.com

घिउ निर्यातमा नगद अनुदान दिने कोसी प्रदेश सरकारको घोषणा, प्रति केजी १२० रुपैयाँ

२०८२ असार १

घिउ निर्यातमा नगद अनुदान दिने कोसी प्रदेश सरकारको घोषणा, प्रति केजी १२० रुपैयाँ
घिउ निर्यातमा नगद अनुदान दिने कोसी प्रदेश सरकारको घोषणा, प्रति केजी १२० रुपैयाँ

काठमाडौं। कोसी प्रदेश सरकारले घिउ निर्यातमा नगद अनुदान दिने घोषणा गरेको छ।

Tata
GBIME

कोसी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यातमा प्रति केजी १२० रुपैयाँ अनुदान दिने घोषणा गरेको हो।

घिउ, छुर्पी लगायत दुग्धजन्य उत्पादनको गुणस्तर वृद्धि गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्धनका लागि अनुदानको व्यवस्था गरिएको बजेटमा उल्लेख छ।

कोसी प्रदेश सरकारले आगामी आवका लागि ३५ अर्ब ८७ करोडको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेटमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड विनियोजन गरेका छन्। यस्तै वित्तीय व्यवस्थानतर्फ १० करोड छुट्याइएको छ।

कोसीले कृषि, पर्यटन र वन क्षेत्रलाई प्राथमिकता दिएको छ। ‘स्वच्छ माटो, स्वच्छ बाली’ कार्यक्रममार्फत प्राङ्गारिक मल उत्पादन र माटोको गुणस्तर सुधार गर्न ८ करोड विनियोजन गरिएको छ। कृषि मन्त्रालयका लागि २ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ।

कोसीले प्रदेशको समृद्धिका लागि वन भन्ने कार्यक्रम ल्याइएको छ। यस कार्यक्रम अन्तर्गत खाली वन क्षेत्रमा फलफूल, जडिबुटी तथा वृक्षरोपण गरी पर्यापर्यटन प्रवर्धन गर्ने भनिएको छ।

त्यस्तै २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष घोषणा गरिएको छ। जसका लागि १० करोड बजेट छ।