BIZMANDU
www.bizmandu.com

माबिलुङ इनर्जी १८ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनले दियो अनुमति

२०८२ असार १

माबिलुङ इनर्जी १८ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनले दियो अनुमति
माबिलुङ इनर्जी १८ करोड ९० लाखको आइपीओ निष्कासन गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं। माबिलुङ इनर्जीले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई सेयर निष्कासन गर्न आइतबार अनुमति दिएको हो।

Tata
GBIME

सेबोनले अनुमति दिएसँगै कम्पनीले १८ करोड ९० लाख ६२ हजार ४८९ रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्नेछ। माबिलुङ इनर्जीले चुक्ता पुँजीको ४८.९९ प्रतिशत सेयर निष्कासन गर्न लागेको सेबोनले जनाएको छ।

माबिलुङको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।