BIZMANDU
www.bizmandu.com

५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको पिपुल्स पावरको सेयर मूल्य समायोजन

२०८२ असार १

५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको पिपुल्स पावरको सेयर मूल्य समायोजन
५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको पिपुल्स पावरको सेयर मूल्य समायोजन

काठमाडौं। पिपुल्स पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको सेयर मूल्य आइतबार समायोजन गरेको हो।

Tata
GBIME

पिपुल्स पावरको सेयर आइतबार अन्तिममा प्रति कित्ता ४९१.७० रुपैयाँमा कारोबार भएकामा समायोजनपछि ३६१.१३ रुपैयाँ कायम भएको छ।

समायोजनपछि कायम मूल्यमा सोमबार कारोबार खुल्नेछ। कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाले मूल्य समायोजन गरिएको हो।

कम्पनीको चुक्ता पुँजी हाल ६३ करोड २६ लाख रुपैयाँ रहेकामा हकप्रद सेयर निष्कासनपछि ९४ करोड ७९ लाख रुपैयाँ पुग्नेछ।