काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक आइतबार ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेको छ।
कारोबारमा आएका विकास बैंक, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ सूचकले बजार बढाएका हुन्।
उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको सूचक सर्वाधिक १.४७ प्रतिशतले बढेको छ। ९० कम्पनीका लगानीकर्ताले कमाएका छन्।
ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। १५७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेपाल हाइड्रो डेभलपर्सको सर्वाधिक ४.४३ प्रतिशतले सेयर मूल्य घटेको छ।
बजारमा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको सर्वाधिक ८९ करोड १ लाख, ङादी ग्रुप पावरको ८७ करोड २० लाख र बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।