BIZMANDU
www.bizmandu.com

तरलता भए पनि पाँच बैंक ऋण लगानी गर्न नसक्ने अवस्थामा, पुँजीकोषले अप्ठेरोमा

२०८२ असार १

तरलता भए पनि पाँच बैंक ऋण लगानी गर्न नसक्ने अवस्थामा, पुँजीकोषले अप्ठेरोमा
तरलता भए पनि पाँच बैंक ऋण लगानी गर्न नसक्ने अवस्थामा, पुँजीकोषले अप्ठेरोमा

काठमाडौं। अधिक तरलताका बीच पाँच वाणिज्य बैंक ऋण लगानी बढाउन नसक्ने अवस्थामा देखिएका छन्। पुँजीकोषको दवाबमा कारण कुमारी, हिमालयन, माछापुच्छ्रे, सिटिजन्स र प्रभु बैंक ऋण लगानी बढाउन नसक्ने अवस्थामा देखिएका हुन्।

Tata
GBIME

चैतसम्म हिमालयन र कुमारी बैंकले पुँजीकोष अनुपात कायम गर्न सकेको छैनन्। अन्य तीन बैंकको पुँजीकोष बोर्डर लाइन नजिक छ।

क्यापिटल एडुकेसी फ्रेमर्वक २०१५ अनुसार वाणिज्य बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पुँजी र साढे २ प्रतिशत पूरक गरी ११ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। यो सीमा कायम गर्न नसेक थप ऋण लगानी र लाभांश वितरण गर्न नपाउने व्यवस्था छ।

चैतसम्म हिमालयन बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशत र कुमारी बैंकको ७.३१ प्रतिशत छ।

त्यसैगरी, प्राथमिक पुँजीकोष माछापुच्छ्रेको ८.८०, सिटिजन्सको ८.८४ र प्रभु बैंकको ८.६७ प्रतिशत छ। पुँजीकोष बोर्डर लाइन नजिक रहेका यी बैंकहरुलाई समेत लगानी बढाउन सहज छैन।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) प्रभु बैंकको ७३.३०, सिटिजन्सको ८५.५२, माछापुच्छ्रेको ८४.७५, कुमारीको ८१.५६ र हिमालयन बैंकको ८२.४४ प्रतिशत छ।