काठमाडौं। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले अवरोध जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै उनीहरूले अवरोध गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँगको सहमतिपछि गृहमन्त्री रमेश लेखकले संसद्मा आफ्नो जवाफ दिइसकेका छन्। तर, रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका हुन्।
रास्वपा सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भने संसदीय प्रक्रिया अघि बढाएका छन्।