BIZMANDU
www.bizmandu.com

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले नेपालपे कार्ड चलाउन सहज, भयो नेशनल कार्ड स्वीच सम्झौता

२०८२ जेठ ३१

ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले नेपालपे कार्ड चलाउन सहज, भयो नेशनल कार्ड स्वीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले नेपालपे कार्ड चलाउन सहज, भयो नेशनल कार्ड स्वीच सम्झौता

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकले नेपालपे कार्डका सुविधा उपयोग गर्न पाउने भएका छन्। यसका लागि बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को भुक्तानी कारोबार प्रणालीमा आबद्ध भएको छ।

Tata
GBIME

बैंक र एनसीएसएलबीच एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्कीमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका सीइओ हरिबहादुर बुढाथोकी र एनसीएचएलका सीइओ निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वदेशी कार्ड योजना नेपालपे चलाउन आफ्नो सञ्जालमा आउन आग्रह गरेको थियो। योसँगै बैंक तथा वित्तीय संस्थाहरु उक्त सेवाका लागि आबद्ध भइरहेका छन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरुले पनि उक्त कार्ड लिन र भुक्तानी कारोबार गर्न सहज हुनेछ।

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ।

स्वदेशी प्रणाली कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालका अग्रणी बैंकहरु मध्येको ग्रीन डेभलपमेन्ट बैंकले देशभरका आफ्ना १५ वटा शाखामार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ।