BIZMANDU
www.bizmandu.com

आरजुले संसदीय समितिमा भनिन्- विकास सहायताका लागि कूटनीतिक पहलमा अब विचार गरौं

२०८२ जेठ ३०

आरजुले संसदीय समितिमा भनिन्- विकास सहायताका लागि कूटनीतिक पहलमा अब विचार गरौं
आरजुले संसदीय समितिमा भनिन्- विकास सहायताका लागि कूटनीतिक पहलमा अब विचार गरौं

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विकास सहायताका लागि कूटनीतिक पहलमा अब विचार गर्नुपर्ने बताएकी छन्।

Tata
GBIME

उनले शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा विश्वमा राजनीतिक परिवेश फेरिएकाले विकास सहायताको कुटनीतिमा अब विचार गर्नुपर्ने बताएकी हुन्।

‘अन्तर्राष्ट्रियस्तरमा देखिएको राजनीतिक परिवेशका कारण सहयोगका मोडालिटीमा पनि परिवर्तन हुने अवस्था देखिएको छ। त्यसैले नेपालले अघि बढाउने कूटनीतिक पहल‍मा अब विचार गर्नुपर्छ,’ उनले भनिन्।

मन्त्री राणाले आफ्नो कूटनीतिक सक्रियताको परिणाम अब धमाधम निस्किने बताइन्। ‘कूटनीति भनेको एउटा प्रक्रिया हो। आजको आजै यसबाट प्रतिफल हात लागिहाल्ने पनि होइन। विश्व समुदाय, अन्तर्राष्ट्रिय मञ्च तथा द्विपक्षीय एवं बहुपक्षीय भेटहरूमा नेपालको सहभागिता र संलग्नता बढाई आफ्ना मुद्दा स्थापित गर्ने प्रयास गरिरहेका छौं। प्रतिफल राम्रै निस्कने छ भन्ने मलाई विश्वास छ,’ उनले भनिन्।

उनले नेपालको श्रम गन्तव्य नरहेका र अवैधरूपमा विदेश पुगेका नेपालीका सम्बन्धमा गृह र श्रम तथा रोजगार मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिइन्।