BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युतमा ४ अर्ब ८५ करोड लगानी

२०८२ जेठ ३०

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युतमा ४ अर्ब ८५ करोड लगानी
ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युतमा ४ अर्ब ८५ करोड लगानी


काठमाडौं। माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा उक्त आयोजनाका लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

Vigo
GBIME
Tata

आयोजनाको प्रवर्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौताअनुसार आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन बढ्नुका साथै निर्यात प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ताप्लेजुङको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको उक्त आयोजनाको लागत ६ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरिएको छ। सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ।

यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने बताइएको छ।