काठमाडौं। भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले दिल्ली-काठमाडौं उडान संख्या बढाउने भएको छ। हाल साताको सातवटा उडान गर्दै आएको कम्पनीले आउँदो सेप्टेम्बरबाट त्यो संख्या १४ तयारी गरेको हो।
स्पाइस जेटको नेपालका लागि जनरल सेल्स एजेन्ट हिमालयन ग्लोबल ट्राभल सर्भिसकी सीइओ संगीता रौनियारले यात्रुको चापका कारण दिल्ली-काठमाडौं उडान संख्या बढाउने तयारीमा लागेको जानकारी दिइन्।
‘दुईतर्फी यात्रुको अकुपेन्सी अहिले ८० प्रतिशत माथि छ। अफ सिजनमा पनि यत्तिको अकुपेन्सी हुनु हाम्रा लागि धेरै राम्रव हो,’ सीइओ रौनियारले भनिन्, ‘आउँदो सिजनका लागि अहिलेदेखि नै तयारीमा लागेका हौं।’
भारतको लो कस्ट वायुसेवा कम्पनी स्पाइस जेटले ६ वर्षपछि पुनः दिल्ली-काठमाडौं व्यावसायिक उडान सञ्चालन गर्दै आएको छ। स्पाइस जेटले ६० वटा आन्तरिक र १३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित व्यावसायिक उडान गर्ने गरेको छ।