BIZMANDU
www.bizmandu.com

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले गर्‍यो सिफारिस

२०८२ जेठ ३०

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले गर्‍यो सिफारिस
उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीश नियुक्त गर्न न्याय परिषद्ले गर्‍यो सिफारिस

काठमाडौं। न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ।

Tata
GBIME

न्याय परिषद्को शुक्रबार बिहान बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरु राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।

भट्टराईलाई उच्च अदालत विराटनगर, कुँवरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ।

हाल भट्टराई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा र तिवारी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत छन्।

न्याय परिषद्ले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा सरुवा गर्न सिफारिस गरेको छ। डाँगी हाल काजमा वैदेशिक रोजगार न्यायाधीकरणमा कार्यरत छन्।

वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष उच्च अदालत पाटनको हेटौंडाको इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता सेढाइँ सापकोटालाई तोक्न परिषद्ले सिफारिस गरेको छ।