BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकहरु‍को नाफा १.६७ प्रतिशतले खुम्चियो, कुन बैंकको कति ?

२०८२ जेठ ३०

वाणिज्य बैंकहरु‍को नाफा १.६७ प्रतिशतले खुम्चियो, कुन बैंकको कति ?
वाणिज्य बैंकहरु‍को नाफा १.६७ प्रतिशतले खुम्चियो, कुन बैंकको कति ?


काठमाडौं। आर्थिक गतिविधि सुस्त भइ ऋण असुली प्रभावित हुँदा वाणिज्य बैंकहरुको ‌नाफा खुम्चिएको छ। चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुको औषत नाफा १.६७ प्रतिशतले खुम्चिएको हो।

Tata
GBIME

ऋण असुली प्रभावित भइ खराब कर्जा बढेर कर्जा नोक्सानीले गर्दा बैंकहरुको नाफा घटेको हो। चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड नाफा गरेका छन्। पोहोर यसै अवधिमा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ६० करोड थियो।

यस अवधिमा १० बैंकले नाफाको नाफा खुम्चिदा १० वटाले नाफा बढाएका छन्। यस अवधिमा एनआइसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ७७.८७ प्रतिशतले खुम्चिएको छ। नेपाल बैंकको नाफा भने ४५७.१२ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले असल कर्जाको कर्जा नोक्सानीलाइ घटाएर १ प्रतिशतमा झारेपनि बैंकहरुको नाफा भने प्रभावित पारेको छ।

कुन बैंकले गरे कति नाफा ?

वाणिज्य बैंकहरु२०८१/०८२ वैशाखसम्मको
नाफा (रु.दशलाखमा)
२०८०/०८१ वैशाखसम्मको
नाफा (रु.दशलाखमा)
फरक
(प्रतिशतमा)
नेपाल३,२८८.७७५९०.३२४५७.१२
राष्ट्रिय वाणिज्य१,७७०.४३२,५६३.२१-३०.९३
नबिल५,६०३.९१५,४६२.५७२.५९
नेपाल इन्भेष्टमेन्ट मेगा५,०२०.८३३,७७१.०३३३.१४
स्टान्डर्ड चाटर्ड२,३४६.४२२,६६५.८६-११.९८
हिमालयन६८३.४४२,२२८.९८-६९.३४
नेपाल एसबिआई१,३८२.०७१४२२.९५-२.८७
एभरेष्ट३,९०३.३०२,९८०.३५३०.९७
एनआइसी एसिया४७८.७२,१६३.२४-७७.८७
माछापुच्छ्रे१३१३.५३११०६.२२१८.७४
कुमारी४८१.९४१,४२९.२०-६६.२८
लक्ष्मी सनराइज२,१५६.५४१,९५६.९६१०.२
सिद्धार्थ२०११.१६१,९७७.७२१.६९
कृषि विकास१७३३.८२,६९७.८१-३५.७३
ग्लोबल५,३५५.४१४,१२२.९९२९.८९
सिटिजन्स११८१.५११५०३.२३-२१.४
प्राइम२,५८५.५९३,२२५.७५-१९.८५
एनएमबि२,६२५.४९२,४८७.३१५.५६
प्रभु२,००१.४०२५०४.६२-२०.०९
सानिमा१,८७०.५०१,७४६.४४७.१
जम्मा४७७९४.७४४८६०६.७६-१.६७
स्रोत: राष्ट्र बैंक