BIZMANDU
www.bizmandu.com

कोशीबाट मनसुन अन्य भेगमा प्रवेश गर्‍यो : मधेश, बागमतीदेखि गण्डकीसम्म प्रभाव

२०८२ जेठ २९

कोशीबाट मनसुन अन्य भेगमा प्रवेश गर्‍यो : मधेश, बागमतीदेखि गण्डकीसम्म प्रभाव
कोशीबाट मनसुन अन्य भेगमा प्रवेश गर्‍यो : मधेश, बागमतीदेखि गण्डकीसम्म प्रभाव

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशबाट बाँकी भूभागमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Vigo
GBIME
Tata

कोशी प्रदेशमा साधारणभन्दा पहिलानै जेठ १५ गते यो वर्ष मनसुन भित्रिए पनि त्यहाँबाट अन्य भेगमा प्रवेश गर्न सकिरहेको थिएन। जसकारण मधेश र पहाडी क्षेत्रमा गर्मी ह्वात्तै बढेको थियो।

विभागले आज सूचना जारी गर्दै यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको उल्लेख गरेको हो। मनसुन सक्रिय भएसँगै ती क्षेत्रमा बढेको गर्मीबाट केही राहत मिल्नेछ।

हाल मनसुन प्रवेश गरेको क्षेत्रबाट अन्यत्र विस्तारै सर्ने विभागले जनाएको छ।

हेर्नु कहाँ कहाँ छ मनसुनको प्रभाव