BIZMANDU
www.bizmandu.com

अहमदाबाद विमान दुर्घटना : लङ हल रुटको भएकाले इन्धन धेरै, त्यो बल्दा उद्धारमा समस्या

२०८२ जेठ २९

अहमदाबाद विमान दुर्घटना : लङ हल रुटको भएकाले इन्धन धेरै, त्यो बल्दा उद्धारमा समस्या
अहमदाबाद विमान दुर्घटना : लङ हल रुटको भएकाले इन्धन धेरै, त्यो बल्दा उद्धारमा समस्या


काठमाडौं। एयर इण्डियाको अहमदाबाद-लण्डन उडान क्रममा दुर्घटना भएको ड्रिमलाइनरमा उल्लेख्य परिमाणमा इन्धन भएका कारण उद्धारमा समस्या आएको सञ्चारमाध्यमहरुले जनाएका छन्। अहमदाबाद-लण्डनको गेटविक तर्फको उडान दुरी ८ घण्टा ४० मिनेटको छ। लामो दुरी उडानका लागि विमानमा चाहिनेजति इन्धन थियो।

Tata
GBIME

अहमदाबादबाट विमान टेक अफ गरेको ५ मिनेटमै दुर्घटनामा पर्‍यो। मेघाणीनगर इलाकामा विमान खसेलगत्तै धुँवाको मुस्लोसँगै आगलागी भयो। आगो दनदनी लाग्नु इन्धनको कारण थियो। त्यसले उद्धार कार्यमा प्रभाव परेको जनाइएको छ।

जहाजमा २ पाइलट, १० क्याविन क्रु र बाँकी २३० यात्रु रहेको जनाइएको छ। यो उडानको कमाण्ड क्याप्टेन समित सबरवालले गरेका थिए भने कोपाइलट क्लिभ कुन्दुर थिए। हवाई विज्ञका अनुसार बोइङ ७८७ ड्रिमलाइनर बोइङ कम्पनीकै उत्कृष्ट जहाज मानिँदै आइएको छ।

कार्यसम्पादन रेकर्ड अनुसार क्याप्टेन सबरवालले ८ हजार २०० घण्टा उडान गरिसकेका छन् भने कुन्दरले ११ सय घण्टा जहाज उडान गरिसकेका छन्।   

‘लङ हल रुटको फ्लाइट भएका कारण फ्युल टन्नै थियो। त्यही भएर अग्नि नियन्त्रणमा समय लागेको देखिन्छ,’ एक हवाई विज्ञले भने,’अहमदाबादबाट ग्याटविक विमानस्थलको दुरी ८ घण्टा ४० मिनेट छ।’

यो जहाजको उडान संख्या एआइ १७१ र सिरियल नम्बर ३६२७९ एलएन: २६ छ। सन् २०१३ डिसेम्बर १४ तारिखबाट यो जहाजले उडान सुरु गरेको थियो।

जहाज दुर्घटनाका कारण ककपिट भ्वाइस रेकर्डरबाट मात्र  यकिन हुने जनाइएको छ। इन्जिन फ्रेमआउट, बम्ब ब्लास्ट, इन्जिन फायर, कन्ट्रोल सिसटम फेलियर अथवा जमिनबाट आक्रमण भएको अवस्थामा मात्र यस्तो हवाई दुर्घटना हुने विज्ञको बुझाइ छ।