BIZMANDU
www.bizmandu.com

सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार, नेप्से घट्दा पनि १२ अर्ब ५१ करोडको किनबेच

२०८२ जेठ २९

सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार, नेप्से घट्दा पनि १२ अर्ब ५१ करोडको किनबेच
सेयर बजारमा दुई महिना यताकै उच्च कारोबार, नेप्से घट्दा पनि १२ अर्ब ५१ करोडको किनबेच

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचकमा गिरावट आउँदा पनि कारोबार भने दुई महिनायताकै उच्च भएको छ। बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा रह्यो।

Tata
GBIME

कारोबारमा आएका होटल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड बाहेकका सबै समूह घट्दा सूचक ओह्रालो लागेको हो। होटल तथा पर्यटनको सूचक सर्वाधिक २.१४ प्रतिशतले बढेको छ। व्यापार समूहको सूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।

१४९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। गुराँस लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ। पियोर इनर्जीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।

बजार सूचक ओरालो लागे पनि १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बिहीबार भएको सेयर किनबेच दुई महिनायताकै उच्च हो। यसअघि फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

त्यतिखेर नेप्से २८४६ अंकमा थियो। बिहीबार ङादी पावरको सर्वाधिक १ अर्ब ८ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख र राधी विद्युतको ५४ करोोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि बुधबार नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा रहँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको थियो।