काठमाडौं। सुनमा लगाएको विलासी कर तथा हिरामा लगाएको १३ प्रतिशत भ्याट हटाउन सुन चाँदी व्यवसायी महासंघहरु आन्दोलनमा उत्रिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभूषण र नेपाल हस्तकला महासंघको संयुक्त आन्दोलन गरेका हुन्।
आज व्यवसायीहरुले न्यूरोडका सुन पसलहरु बन्द गरेका छन्। उनीहरुले पसल पसलमा विरोध स्वरुप मागहरु लेखेर ब्यानर राखेका छन्।
उपत्यका र उपत्यका बाहिरका व्यवसायीहरुले पनि २९ र ३० गते पसल बन्द गरी आन्दोलन गर्ने भएका छन्।
सरकारले आगामी वर्ष देखि लागु हुने गरि सुन खरिद गर्दा विलासीता कर २ प्रतिशत लाग्ने बनाएको छ। हिरामा १३ प्रतिशत भ्याट लगाएपछि सुनचाँदी व्यवसायी तथा कालीगढहरु यसलाई हटाउन माग गरिरहेका छन्।
व्यवसायीहरुले सुनचाँदी कारोबारका लागि ऐन, नीति तथा नियम निर्माण गर्नुपर्ने माग गरेका छन्।