BIZMANDU
www.bizmandu.com

दोहोरो अंकले घटेको सेयर बजारमा आकर्षण जलविद्युतमा, ९ अर्ब ९० करोडको कारोबार

२०८२ जेठ २८

दोहोरो अंकले घटेको सेयर बजारमा आकर्षण जलविद्युतमा, ९ अर्ब ९० करोडको कारोबार
दोहोरो अंकले घटेको सेयर बजारमा आकर्षण जलविद्युतमा, ९ अर्ब ९० करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक बुधबार १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा आएको छ। जलविद्युतबाहेक सबै समूह घट्दा बजार सूचक ओह्रालो लागेको हो।

Tata
GBIME

जलविद्युतको सूचक १.१३ प्रतिशतले बढेको छ। अन्य समूहको सूचक सर्वाधिक १.५७ प्रतिशतले घटेको छ। सेयरमूल्य घट्दा १७० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ४.८३ प्रतिशतले सेयर मूल्य घटेको छ।

७७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। पियोर इनर्जी, सिनर्जी पावर डेभलपमेन्ट र बुटवल पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको सर्वाधिक ६१ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, सानिमा माई हाइड्रोपावर ५९ करोड २७ लाख र बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।