BIZMANDU
www.bizmandu.com

आरिफको प्रभावशाली ब्याटिङको सहायतामा नेपालले बनायो २ सय ३६ रन, १० रन पेनाल्टी!

२०८२ जेठ २७

आरिफको प्रभावशाली ब्याटिङको सहायतामा नेपालले बनायो २ सय ३६ रन, १० रन पेनाल्टी!
आरिफको प्रभावशाली ब्याटिङको सहायतामा नेपालले बनायो २ सय ३६ रन, १० रन पेनाल्टी!


काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध २ सय ३६ रन बनाएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डको फोर्थहिलमा आज जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको हो।

Tata
GBIME

यद्यपि अम्पायरले १० पेनाल्टी रन दिएका कारण नेदरल्याण्ड्सलाई थप २२७ रन बनाए पुग्नेछ।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले १८ र अनिल कुमार साहले २ रन बनाए। त्यस्तै तेस्रो र चौथो नम्बरमा आएका भीम सार्की र रोहितकुमार पौडेलले समान ३५ रन बनाए।

नेपालको इनिङ्स माथि लैजान आरिफ शेखको महत्वपूर्ण भूमिका रह्यो। उनले ८५ बलमा ७ चौका र २ छक्काको सहायतामा ८४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउँदा बसीर अहमद र करण केसीले समान ११ रन बनाए। नन्दन यादव १० रनमा अविजित रहे।

बलिङतर्फ पउन भान मीकेरेनले ४ विकेट लिँदा माइकल लेभिटले ३ तथा आर्यद दत्तले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सलाई १० रनको फाइदा हुनेछ। नेदरल्याण्ड्सका खेलाडीले बसीर अहमद क्रिजमा रहँदा पिच ड्यामेज गरेको अपिल गरेपछि अम्यापरले त्यसलाई सदर गर्दै दुई पटकको १० रन दिएका थिए। यो रन ब्याटिङ नगर्दै डच टोलीको स्कोर बोर्डमा जोडिनेछ।

नेदरल्याण्ड्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।