काठमाडौं। एससीटी यूपीआई कार्ड प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटीका होटलमा छुट पाउने भएका छन्। यस सम्बन्धमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आइएमई हस्पिटालिटीबीच सम्झौता भएको छ।
सम्झौता अनुसार एससीटी यूपीआई कार्ड प्रयोगकर्ताले आइएमई हस्पिटालिटीका होटलमा १५% सम्म छुट पाउनेछन्।
लाजिम्पाटस्थित होटल ले हिमालय र साके एण्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा कार्डबाट भुक्तानी गर्नेले फूड एण्ड बेभरेजको बिल र कोठामा १५% छुट पाउने एससीटीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छुट सुविधा आगामी डिसेम्बरसम्म कायम रहने कम्पनीले जनाएको छ।