BIZMANDU
www.bizmandu.com

सेयर बजार बढ्दै २६७८.१७ विन्दुमा, फाइनान्समा बहार, कारोबार १० अर्ब १६ करोडको

२०८२ जेठ २७

सेयर बजार बढ्दै २६७८.१७ विन्दुमा, फाइनान्समा बहार, कारोबार १० अर्ब १६ करोडको
सेयर बजार बढ्दै २६७८.१७ विन्दुमा, फाइनान्समा बहार, कारोबार १० अर्ब १६ करोडको

काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन उकालो लागेको छ। नेप्से सूचक मंगलबार २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै सूचकले बजार बढाएका हुन्। कारोबार रकम पनि बढेको छ।

Tata
GBIME

फाइनान्सको सूचक सबैभन्दा धेरै ५.१२ प्रतिशतले बढेको छ। सेयरमूल्य बढ्दा १९६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

५२ कम्पनीको मूल्य घटेको छ। रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ।

बजारमा १० अर्ब १६ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एचआइडीसीएलको संस्थापक सेयर सर्वाधिक ५८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, अरुण काबेली पावरको ५३ करोड १३ लाख र राधी विद्युतको ४६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि लगातार चार दिन गिरावटपछि बजार सूचक सोमबार २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा आएको थियो। ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच हुँदा जलविद्युत कम्पनी अग्रणी थिए।