BIZMANDU
www.bizmandu.com

निमित्त एमडी नआउँदै नेपाल टेलिकमले फेर्‍यो प्रवक्ता, निर्देशक रविन्द्र मानन्धरले पाए जिम्मेवारी

२०८२ जेठ २७

निमित्त एमडी नआउँदै नेपाल टेलिकमले फेर्‍यो प्रवक्ता, निर्देशक रविन्द्र मानन्धरले पाए जिम्मेवारी
निमित्त एमडी नआउँदै नेपाल टेलिकमले फेर्‍यो प्रवक्ता, निर्देशक रविन्द्र मानन्धरले पाए जिम्मेवारी

काठमाडौं। बिलिङ मर्मतसम्भारको ठेक्कामा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशकसहितका उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अवस्थामा नेपाल टेलिकमले नयाँ प्रवक्ता नियुक्त गरेको छ।

Tata
GBIME

प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका अधिकारीहरु भ्रष्टाचार मुद्दा दायरसँगै आइतबारदेखि निलम्बित छन्। प्रबन्ध निर्देशक निलम्बित भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर कुनै उच्च अधिकारीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिने प्रचलन छ।

तर, मंगलबार दिउँसो साढे २ बजेसम्म पनि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी कसैलाई दिएका छैनन्। यसबीच टेलिकमले मंगलबार कम्पनीको प्रवक्ताको जिम्मेवारी प्रबन्धक रविन्द्र मानन्धरलाई दिएको छ। मानन्धर टेलिकमको केन्द्रिय कार्यालय भद्रकालीस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत छन्।

कुनै पनि सरकारी संस्थामा कार्यालय प्रमुखले रुचाएका व्यक्तिलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरिन्छ। यसअघिका प्रवक्ता हरि ढकाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवा रवाना भएका छन्।