BIZMANDU
www.bizmandu.com

हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार कित्ता सेयरको लकइन अवधि एक महिनापछि सकिंदै

२०८२ जेठ २६

हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार कित्ता सेयरको लकइन अवधि एक महिनापछि सकिंदै
हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार कित्ता सेयरको लकइन अवधि एक महिनापछि सकिंदै

काठमाडौं। हिमालयन हाइड्रोपावरको लकइन अवधि सकिने मिति नजिकिएको छ। कम्पनीको सेयरको लकइन अवधि असार २७ पछि सकिने भएको हो।

Tata
GBIME
Nepal Life

असार २७ पछि हाइड्रोपावरका संस्थापक र कर्मचारी तथा स्थानीयको ९० लाख २१ हजार ११५ कित्ता सेयरको लकइन खुल्ने छ। कम्पनीका संस्थापकहरुको ८७ लाख, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको २ लाख ८१ हजार ७५० र कर्मचारीको ३९ हजार ३६५ कित्ता सेयर कारोबार लकइनका कारण रोक्का छ।

कम्पनीले आइपीओ बाँडफाँड गरेको ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीयका लागि वितरण गरेको सेयरमा लकइन अवधि कायम रहने व्यवस्था छ।

लकइन पिरियड सकिएपछि दोस्रो बजारमा सेयर कारोबार गर्न पाइन्छ।