BIZMANDU
www.bizmandu.com

आप्रवासीमाथि धरपकडपछि जलिरहेको लस एन्जलस : दिनरात गोलीबारी र ढुंगामुढा (तस्विरहरु)

२०८२ जेठ २६

आप्रवासीमाथि धरपकडपछि जलिरहेको लस एन्जलस : दिनरात गोलीबारी र ढुंगामुढा (तस्विरहरु)
LOS ANGELES, CALIFORNIA - JUNE 08: Self-driving cars are set on fire on June 08, 2025 in Los Angeles, California. Tensions in the city remain high after the Trump administration called in the National Guard against the wishes of city leaders following two days of clashes with police during a series of immigration raids. Apu Gomes/Getty Images/AFP (Photo by Apu Gomes / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)


काठमाडौं । केहीदिनदेखि अमेरिकाको लसएन्जलस सहर जलिरहेको छ। सरकारी र निजी गाडी तोडफोड हुनुका साथै लुटपात र तोडफोडको क्रम बढ्दो छ। दिन होस् या रात प्रहरी र प्रदर्शनकारी एकअर्कासँग भिडिरहेका छन्।

Tata
GBIME

एकाएक लस एन्जलसमा हिंसा भड्किनुको कारण हो – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीति। ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवासीलाई डिपोर्ट गर्ने नीति ल्याएसँगै देशभर विभिन्न स्थानमा प्रहरीले छापा हानिरहेको छ। त्यही क्रममा लस एन्जलसमा पनि छापा हान्ने क्रममा दंगा भएको हो।

Photo by RINGO CHIU / AFP

प्रदर्शनकारीहरुले ट्रम्पको आप्रवासन नीतिको विरोध गरिरहेका छन्। यता ट्रम्पले भने अवस्था नियन्त्रणमा लिनका लागि लस एन्जलसमा नेशनल गार्ड पठाएका छन्।

ट्रम्पको सो कदमको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले आलोचना गरेका छन्। नेशनल गार्ड परिचालन गर्ने ट्रम्पको कदमले अवस्था थप बिग्रने उनको मत छ। उनले ट्रम्पको निर्णयलाई कानुनी चुनौती पनि दिने बताएक छन्।

Photo by RINGO CHIU / AFP

प्रदर्शन उग्र बन्दै जाँदा डाउनटाउन एलए क्षेत्रमा कुनै पनि प्रकारको भेला गर्न निषेध गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई सो स्थान खाली गर्न भनिरहेको छ।

प्रहरीले विभिन्न स्थानमा अश्रुग्यास प्रहार गरेर भिडलाई नियन्त्रण गर्न खोजिरहेको छ। केही राउन्ड फायर पनि प्रहरीले खोलेको छ। प्रदर्शनकारीले भने प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्। उनीहरुले प्रहरीका कयौं भ्यान जलाएर नष्ट गरेका छन्।

Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP

प्रहरीले प्रदर्शनमा संलग्न रहेको आरोपमा धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ।

Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP
Photo by ETIENNE LAURENT / AFP
Photo by Apu Gomes / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP
Photo by ETIENNE LAURENT / AFP
Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP
Photo by RINGO CHIU / AFP