BIZMANDU
www.bizmandu.com

‘गाडीका लागि नेपाल डम्पिङ ग्राउण्ड बन्दैछ, जीवनभरको कमाई खेर जाने अवस्था छ’

२०८२ जेठ २६

‘गाडीका लागि नेपाल डम्पिङ ग्राउण्ड बन्दैछ, जीवनभरको कमाई खेर जाने अवस्था छ’
‘गाडीका लागि नेपाल डम्पिङ ग्राउण्ड बन्दैछ, जीवनभरको कमाई खेर जाने अवस्था छ’


पाँच दशकको लिगेसी बोकेको नाडा अटोमोबाइल एसोसिएसन हुँदाहुँदै अटोमोबाइल क्षेत्रमा अर्को संस्था स्थापना भयो। त्यो पनि नाडामै पदाधिकारी रहेका र पूर्वअध्यक्षहरु मिलेर। उनीहरुले नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) स्थापना गरे जसको नेतृत्व रितुसिंह वैद्यले गरिरहेकी छन्।

Tata
GBIME

६ दशक लामो इतिहास भएको वैद्यज अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एण्ड ट्रेडिङ हाउसकी संचालक समेत रहेकी वैद्यलाई बिजमाण्डूका शुक्र गिरीले सोधे-‘भोइथ’ स्थापना भएको ६ दशक पुग्न लाग्यो, नाडा पनि ५ दशक भयो। अहिलेसम्म कुनै संस्थामा जान आवश्यक भएन। तर, अहिले नाइमा किन चाहियो?

यदि तपाइँले त्यतिबेलाको अवस्थालाई अहिलेकोसँग तुलना गर्नुभयो भने भोइथको इतिहास हेर्दा हामी गाडीको पहिलो आयातकर्तामध्ये पर्थ्यौं होला।

त्यतिबेला बजारमा ब्रान्डको भीडभाड एकदमै कम थियो। अहिले हेर्ने हो भने, चार-पाङ्ग्रे सवारी साधनका मात्रै ६० भन्दा बढी ब्रान्ड छन् र दुई-पाङ्ग्रेका पनि धेरै छन्। यो बजार यति भीडभाड भएको छ कि एउटा मात्र संस्थाले सबै कुरालाई राम्ररी सम्बोधन गर्न सक्दैन।

यसले गर्दाखेरि यो स्पेस धेरै क्राउडेड भएर गइरहेको छ। त्यसैले एउटा अर्गनाइजेसन वा एउटा संस्थाले मात्रै धेरैजसो हाम्रो कुराहरू एड्रेस हुँदैन। त्यसैले नाइमाबाट ती कुराहरु एड्रेस गर्न सकिने वातावरण बनाउनलाई यो संस्था चाहिएको हो।

तपाइँसँग आफ्नै लिगेसी छ। भोइथको पनि आफ्नै लिगेसी छ। तपाइँ नाडामा जान सक्नुहुन्थ्यो। त्यसमा आफूलाई किन एक्सप्लोर गर्नुभएन? नाडा अटो शोका त्यत्रा शोहरूमा तपाइँ सहभागी पनि कम हुन थाल्नुभएको थियो?

होइन, हामी सहभागी हुन्थ्यौं। वास्तवमा हामी प्राय: सधैँ गएका छौं। गतवर्ष मात्रै हामीले स्टल राखेका थिएनौँ किनकि हाम्रो स्टक र नयाँ मोडल नै थिएन। मलाई लाग्छ हामी धेरै पुरानो कम्पनी भएकाले हामीलाई बाह्य कम्पनी वा संस्थाको धेरै आवश्यकता पर्दैन।

तर, यो आवश्यकताको मात्रै कुरा होइन। अटो शोमा पनि जानुको एउटा अर्थ हुनुपर्छ। यदि हाम्रो अहिलेको बिक्री र ग्राहकहरुलाई हामी आफैँ सिधा अप्रोच गर्न सक्छौँ भने हामीलाई बाह्य स्रोतको आवश्यकता देखिँदैन। त्यसैले हामीले एक-दुई पटक अटो शो छुटाएका थियौँ। तर अब हामी नियमित सहभागी हुन्छौँ। टोयोटाले सधैँ अटो शोमा भाग लिनुपर्छ।

तर, तपाइँले नीतिगत तहमा र अन्य क्षेत्रमा पनि इन्डिभिज्युअल रुपमा स्थापित गर्न सक्नुहुन्थ्यो। तपाइँले नै यसको नेतृत्व गर्नुपर्ने आवश्यकता किन पर्‍यो ?

यो त म तपाइँलाई नाइमामा लगेर भेट गराउँछु र त्यहीँ सोध्नुस् राम्रो जवाफ पाउनु हुन्छ। तपाइँले आफ्नो कम्पनीका लागि वा कुनै मुद्दाका लागि नेटवर्किङ र लबिङ गर्नुहुन्छ। त्यो फरक कुरा भयो।

हामी अहिले हेरिरहेका छौँ, नेपाल ‘डम्पिङ ग्राउन्ड’ बन्दैछ। जो जहाँ जे-जे ब्रान्ड उपलब्ध छन् त्यो सबै यहाँ आइसकेका छन्। कतिको टिकाउ हुन्छ? कतिको स्थायित्व छ?

यहाँ म संस्थाको अध्यक्षको रूपमा आएको छु। साँचो भन्नुपर्दा, म संघसंस्था र प्रेसबाट अलिकति लजाउने स्वभावको छु। मलाई यहाँ ल्याउने, प्रस्ताव गर्ने धेरै साथीहरूले नै भन्नुभयो, तपाइँले यो लिनैपर्‍यो। साथीहरुले मलाई अगाडि सार्नुमा पनि मलाई लाग्छ उनीहरुका लागि म सन्तुलित र विवादरहित व्यक्ति थिएँ। यो संस्थाका लागि राम्रो कुरा पनि हो।

मलाई पनि के लाग्यो भने साथीहरुका लागि पनि ‘आई वाज अ ब्यालेन्सिङ एन्ड एज वेल एज अ नन-कन्ट्रोभर्सियल फिगर’। त्यसैले मलाई अगाडि सारिएको जस्तै लाग्छ।

तपाइँलाई अहिले संस्था चिनाएर पोलिसी लेभलमा जानुपर्ने अवस्था छ। उदाहरणकै लागि  तपाइँले गभर्नरलाई भेट्ने बेलामा, ‘आई एम फ्रम नाइमा’ भन्नुपर्‍यो। तपाइँलाई भोइथ भनेर चिनाउँदा सजिलो हुन्थ्यो नि होइन ?

मेरो विचारमा त्यो होइन। किनकि म अहिले अटोमोबाइल एसोसिएसनको मात्रै नेतृत्व गरिरहेको छैन। तर, हाम्रो ‘वाईपीओ’ भनेर एउटा संस्था छ, ‘योङ प्रेसिडेन्ट्स अर्गनाइजेसन’, त्यहाँ म अध्यक्षदेखि पूर्ण बोर्ड अफ डाइरेक्टर्समा बसिसकेको छु।

एउटा संस्थाको रुपमा हामीले धेरै व्यवसाय स्थापना गरेका छौँ जहाँ पहिले केही थिएन, आज त्यो बिजनेस पूर्णरुपमा चलिरहेको छ। त्यसैले, यो संस्था पनि फरक छैन। नयाँ संस्था हुँदा काम धेरै हुन्छ। अहिले जस्तो भनौँ न, हामीले सचिवालयमा मान्छे हायर गर्नेदेखि सबै काम म नै गरिरहेको छु।

आई ह्याभ टु मेक स्योर की त्यहाँ आउने व्यक्तिले काम गराउन सक्छन्, उहाँहरुले कहाँ-कहाँ अप्रोच गर्नुपर्छ, हाम्रा के-के मुद्दाहरु सम्बोधन गर्नुपर्ने हो सबै सदस्यका साझा एजेन्डा छन्, तर कार्यान्वयन गर्दा मैलेनै नेतृत्व गर्छु।

त्यसैले, यो त्यति फरक छैन। पहिले हामी गभर्नरसाबलाई आफ्नै चिनजानका लागि जान्थ्यौँ भने, अब संस्थाको अध्यक्षको रुपमा जान्छौँ।

भोइथ तपाइँले भनेअनुसार चल्छ। तर नाइमामा ५०-६० जना फरक पृष्ठभूमिबाट आएका व्यवसायीहरु हुन्छन्। फरक सोच, व्यापारबाट आएकाहरुलाई मिलाएर लैजान सजिलो छ र ?  

मेरो तपाइँको कुरासँग के फरक मत छ भने, यदि म एउटा संस्थाको नेतृत्व गर्दैछु, यदि मानिसहरुले मलाई लिडरको रुपमा स्वीकार गर्दैछन् भने, उनीहरुले मलाई नेतृत्व गर्ने विश्वास पनि गर्नुपर्छ।

नाइमामा सदस्य हुन आयातकर्ता वा उत्पादक हुनुपर्छ। हामीले कहिल्यै चुनाव गर्दैनौं। पोलिसी एडभोकेसीका लागि नै कम्पनीका संचालकहरु आउने हो। नाइमामा आउने कम्पनीका संचालक नै हुने गर्छन्।  

त्यसैले, उनीहरुले ममाथि विश्वास गर्नुपर्छ।  हामी एउटा योजना बनाएर कार्यान्वयन गर्दैछु। र तपाइँले भनेजस्तै नाइमाको अध्यक्षको रुपमा मैले आफ्नो बारेमा कुरा गर्न सक्दिनँ वा संस्थाको कुनै पनि सदस्यले आफ्नो बारेमा मात्रै कुरा गर्न सक्दैनन्।

हामीले सामूहिक मुद्दालाई अगाडि बढाउने हो। कोही इभीका लागि जान्छन् होला। कोही आइसीका लागि जान्छन्। हामी सन्तुलनमा राखेर नीति निर्माण होस् भन्ने चाहन्छौं। त्यसमा कुनै पक्षपात नहोस् भन्नेतर्फ सरकारलाई सचेत गराउँछौं। हामीले व्यक्तिगत रुपमा होइन सामूहिकरुपमा अगाडि बढ्ने भनेर यो संस्थामा आएका हौं।

नाइमा भएका व्यवसायी नाडामा पनि हुनुहुन्छ। तपाइँहरुले नाडामा धेरै साना व्यापारी भए हाम्रो मुद्दा एड्रेस गर्दैन् भनेर नाइमा गठन गर्नुभयो भन्ने आरोप छ ?

पहिलो कुरा नाडा एउटा वन्डरफुल संस्था हो। किनकि यति ठूलो अम्ब्रेला संस्था छ, यति पुरानो पनि छ। तर, यति पुरानो हुँदा पनि आज ३ हजारभन्दा बढी सदस्य भएपछि, स्वाभाविक रूपमा त्यो फोकस हराउँदै जान्छ। फोकस कतै एक ठाउँमा हुँदैन।

किनकि हामी एड्रेस स्पेसिफिक एजेण्डा सम्बोधन गर्न चाहन्छौँ। किनकि धेरै सदस्य भएपछि कतै न कतै तपाईले पर्स्पेक्टिभ गुमाउनुहुन्छ। त्यसैले नाइमा बनाउने विचार चार-पाँच वर्षदेखि चलिरहेको थियो। अन्ततः यसपालि यो कार्यान्वयन भयो। नाइमाको बारेमा कुनै तुलना नगरौं।

नाइमामा सदस्य हुन आयातकर्ता वा उत्पादक हुनुपर्छ। हामीले कहिल्यै चुनाव गर्दैनौं। पोलिसी एडभोकेसीका लागि नै कम्पनीका संचालकहरु आउने हो। नाइमामा आउने कम्पनीका संचालक नै हुने गर्छन्।  

त्यसैले, त्यो हिसाबले हाम्रो फरकपन धेरै नै छ। कृपया तुलना नगर्दिनुस्। किनकि नाडा एउटा संस्था छ, हामी अर्को एउटा संस्था छौं।  भविष्यमा मेरो इच्छा के हुन्छ भने हामीले यसलाई कसरी एकसाथ लैजाने? कसरी यसमा सिनर्जी क्रिएट गर्ने? अहिले अटो शोमा पनि समस्या छैन। हाम्रोमा चारपाँग्रे सवारी साधन धेरै हुन्छन्। केही दुई पाँग्रे सवारी साधन प्रदर्शनीमा हुन्छन्। हामीले मिलेर अगाडि बढ्ने हो।

आयातकर्तामार्फत डिलरसीपमा गाडी जाने हो। डिलरमार्फत हाम्रै कम्पनीको स्पेयर पार्ट्स जाने हो। त्यसैले हामीले कसैको अस्तित्व नमानेको होइन।

तर कतिपयले के भन्छन् भने यो संस्थाले साना व्यवसायीको सह-अस्तित्व मान्न तयार भएन। भनेको नाडामा स्पेयर पार्ट्सवाला धेरै भए। ठूला व्यापारी सानाको अस्तित्व मान्न तयार भएनन् ?

अब यो तपाइँको हिसाबले कत्तिको सत्य होला? एकदम स्पष्ट रुपमा हामी के भनिरहेका छौं, तपाइँ अर्बपति हुनुहुन्छ कि खर्बपति हुनुहुन्छ, त्यसको मलाई मतलब छैन। प्यारेन्ट कम्पनीसँग तपाइँको एउटा डिस्ट्रिब्युटरसीप सम्झौता छ भने तपाइँ नाइमाको सदस्य हुनुहुन्छ। अनि दुई वर्ष संचालन हुनुपर्‍यो।

किनकि हामी अहिले हेरिरहेका छौँ, नेपाल ‘डम्पिङ ग्राउन्ड’ बन्दैछ। जो जहाँ जे-जे ब्रान्ड उपलब्ध छन् त्यो सबै यहाँ आइसकेका छन्। कतिको टिकाउ हुन्छ? कतिको स्थायित्व छ? उनीहरुको ब्रान्डको स्थिति स्वदेशमा कस्तो छ? त्यसलाई अलिकति कम गर्न हामीले दुई वर्षको त्यो समय राखेका छौँ, ताकि तपाइँको दुई वर्षदेखि नेपाली बजारमा अस्तित्व हुनुपर्छ। जुन लामो समय होइन।

कम्पनी स्थापना गर्नमै दुई वर्ष जान्छ। त्यसमा यति आत्तिएर संस्थाको सदस्य हुन जरुरी छैन किनकि संस्थाले सबै क्षेत्रलाई सम्बोधन गर्नेछ। त्यसैले यो कसैलाई सानो-ठूलो बनाउनका लागि होइन। यो अटोमोबाइल क्षेत्रको मेरुदण्डको मुद्दालाई पूर्ण रुपमा सम्बोधन गर्नका लागि हो।

किनकि बिक्रेताहरुले आफ्नो डिस्ट्रिब्युटरसीप एउटा कम्पनीलाई दिने पनि अर्थ हुन्छ। त्यसमा उनीहरुको लगानी धेरै हुन्छ, तपाइँको वर्कफोर्स ट्रेनिङ हुन्छ, स्पेयर पार्ट्स हुन्छ, सर्भिस दिनुपर्छ। त्यो तपाइँले कत्तिको इन्थुजियास्टिकल्ली र कति इमानदारीपूर्वक दिइरहनुभएको छ, त्यो धेरै महत्त्वपूर्ण छ।

हामीले जीवनकालमा कमाएको पैसाले बालबच्चा पढाउने, बिहेबारी गर्ने त्यसपछि घर बनाउने हो। घर बनेपछि गाडी किन्ने विषय आउँछ। त्यो पैसा नोक्सानीमा जानु राम्रो होइन। यो विषयलाई हामीले संवेदनशील भएर हेर्नुपर्छ।

त्यही हिसाबले नै आयातकर्ता र उत्पादकहरुलाई राख्ने उद्देश्य हो। आयातकर्तामार्फत डिलरसीपमा गाडी जाने हो। डिलरमार्फत हाम्रै कम्पनीको स्पेयर पार्ट्स जाने हो। त्यसैले हामीले कसैको अस्तित्व नमानेको होइन। हामीले त्यसैलाई भ्यालिडिटी दिन खोजेको हो। यो पोलिसी एड्भोकेसीकै लागि हो।

इभीको व्यापारमा उछाल छ। तर, आइसीको व्यापार खस्किएर समस्यामा छन्। अटोमोबाइलमा धेरै उथलपुथल देखिन्छ। तपाइँले अघि पनि डम्पिङ साइट बन्ने खतराको कुरा गर्नुभयो। भनेपछि अटोमोबाइलमा कस्तो चुनौती देखिरहनुभएको छ?

पछिल्लो दुई वर्षमा हामीले नामै नसुनेको कम्पनीका गाडी पनि यहाँ आइरहेको छ। अटो शोमा घुमेर बाहिर निस्किँदा त्यो ब्राण्डको नाम बिर्सिनुहुन्छ। सँगै हामीसँग आइसी, हाइब्रिड, प्लगइन हाइब्रिड छ। केही वर्षपछि हाइड्रोजन पनि आउँला।

अटोमोबाइलमा आउने यी सबै विषयलाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्छ। प्यासेन्जरतर्फ अहिले भन्सार अनुकूल हुँदा ७० प्रतिशत इभीतिर सिफ्ट भएका छन्। एउटा नीतिले यसप्रकारको परिवर्तन ल्याउनसक्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ।

अहिले इभीमा चिनियाँ दबदबा छ। चीनमै पनि धेरै इभी उत्पादक कम्पनी बन्द र मर्ज भएका छन्। केही वर्षमा एक दर्जन कम्पनी रहलान्। यो आधारमा अटोमोबाइल व्यवसायमा विश्वासको अभाव हुने देख्नुहुन्छ?

तपाइँले भनेको एकदमै भ्यालिड कुरा हो। यो भ्यालिड कुरा सबैको मनमा, सबै व्यापारीकोमा पनि होला। आज भनौँ न, एक व्यापारीको रुपमा तपाइँले मानौँ १०० वा २०० वटा गाडी ल्याउनुभयो। भोलि गएर त्यो बिकेन वा त्यसमा समस्या आउन थाल्यो भने एक उद्यमीको रुपमा एक कम्पनीको रुपमा एक व्यवसायीको रुपमा तपाइँले त धेरै गुमाउनुपर्ने हुन्छ नि।

विश्वसनीयता गुमाउनुभयो, त्यसको माथि तपाइँले पैसाको नोक्सान हुन्छ नै। अर्कातर्फ, ग्राहकले ३० लाखको गाडी छ वा ५० लाखको गाडी छ वा ६०-७० लाखको गाडी छ भने, उसको कडा परिश्रमको पैसा जान्छ। कडा परिश्रमको पैसा फस्नु राम्रो होइन।

हामीले जीवनकालमा कमाएको पैसाले बालबच्चा पढाउने, बिहेबारी गर्ने त्यसपछि घर बनाउने हो। घर बनेपछि गाडी किन्ने विषय आउँछ। त्यो पैसा नोक्सानीमा जानु राम्रो होइन। यो विषयलाई हामीले संवेदनशील भएर हेर्नुपर्छ।

तपाई चीनमा जानुभयो भने मलाई लाग्छ कोही यस्तो ब्रान्ड छैन जुन यहाँ नेपालमा छैन।

नेपाली उपभोक्ताको पनि विहेवियरमा परिवर्तन भएको छ। अहिले गाडी पनि ग्याजेटजस्तो कस्मेटिक बन्दै गएको छ होइन ?

एकजनाले एकदमै राम्रो तुलना गर्दै भन्नुभएको थियो-हाम्रो अटोमोबाइल सेक्टर मोबाइलजस्तै बन्दै गएको छ। त्यो सत्य हो। एक समयमा दुई-चार वर्ष अगाडि कति धेरै मोबाइल ब्राण्ड बजारमा आएको थियो। अहिले कतिवटा छन्? कतिवटा बन्द भए? मोबाइल र गाडीमा धेरै फरक छ। मोबाइल केही हजारमा आउँछ। तर, गाडीमा तपाइँको जीवनभरको कमाई जान्छ।