काठमाडौं । बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी बीएमडब्लू आइएक्स२ नेपालमा लन्च भएको छ।। लक्ष्मी प्रिमियमले केही दिनअघि नेपाल भित्र्याएको गाडी आज सार्वजनिक गरिएको हो।
यो गाडीको मूल्य १ करोड ७९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा पनि देख्न पाइनेछ।
यस गाडीमा ६६.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४७५ किलोमिटर रेन्ज दिन्छ। यसको ब्याट्रीले ११ किलोवाट र १३० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ।
यसमा १५० किलोवाट क्षमताको मोटर पावर छ। जसले २०४ पीएस पावर प्रदान गर्छ भने २५० एनएम टर्क उत्पादन गर्छ।
यसको लम्बाइ ४.५ मिटर, उचाइ १.५ मिटर, चौडाइ १.८ मिटर रहेका छन्। यसको ह्विलबेस २.६ मिटरको छ।