BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले मधेश प्रदेशमा रोप्यो करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा

२०८२ जेठ २६

सिटिजन्स बैंकले मधेश प्रदेशमा रोप्यो करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा
सिटिजन्स बैंकले मधेश प्रदेशमा रोप्यो करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा

काठमाडौं। सिटिजन्स बैंकले मधेश प्रदेशको धनुषामा वृक्षारोपण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार वृक्षारोपण गरेको जनाएको छ।

Tata
GBIME

बैंकका अनुसार ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबर्धन गर्ने हेतुले वृक्षारोपण गरिएको हो।

विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ।

बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर संचालन, समुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोग गर्दै आइरहेको बताएको छ।