BIZMANDU
www.bizmandu.com

फाइनलमा स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो यूईएफए नेशन्स लिगको उपाधि

२०८२ जेठ २६

फाइनलमा स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो यूईएफए नेशन्स लिगको उपाधि
Portugal's players including Portugal's forward #07 Cristiano Ronaldo celebrate with the trophy after winning the UEFA Nations League final football match between Portugal and Spain in Munich, southern Germany on June 8, 2025. (Photo by John MACDOUGALL / AFP) (Photo by JOHN MACDOUGALL/AFP via Getty Images)

पोर्चुगलले यूईएफए नेशन्स लिगको उपाधि जितेको छ। जर्मनीको म्युनिखस्थित आलिआन्ज एरिनामा गएराति सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल च्याम्पियन बनेको हो।

Tata
GBIME
Nepal Life

योसँगै क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि तेस्रो ट्रफी जितेका छन्। यसअघि उनले पोर्चुगलबाट सन् २०१६ मा युरो कप र २०१९ नेशन्स लिग जिताएका थिए।

खेलको २१ औँ मिनेटमा मार्टिन जुबिमेन्दीको गोलमा स्पेनले खेलमा अग्रता अग्रता बनाएको थियो। तर, २६ औँ मिनेटमा नुनो मेन्डिसले दुई डिफेन्डरको बिचबाट गोल फर्काउँदै खेल बराबरीमा ल्याए। खेलको ४५ औँ मिनेटमा स्पेनले फेरि अग्रता बनायो। यसपटक मिकेल ओयारजबलले गोल गर्दा पहिलो हाफमा स्पेन २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा पोर्चुगलले फेरि खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ६१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि भने निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टीमा पोर्चुगलका ५ जना खेलाडीले नै गोल गर्दा स्पेनका अल्भारो मोराटा गोल गर्न चुके।

सेमिफाइनलमा पोर्चुगल जर्मनीलाई र स्पेन फ्रान्सलाई हराउँदै फाइनल पुगेको थियो। आइतबार नै सम्पन्न खेलमा जर्मनीलाई हराउँदै फ्रान्सले तेस्रो स्थान सुरक्षित गरेको थियो।