BIZMANDU
www.bizmandu.com

आयल निगमका गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेठ २५

आयल निगमका गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आयल निगमका गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय कास्कीका प्रमुख चित्तरञ्जन दासविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।

Tata
GBIME

बिलमा उल्लेख भएको परिणामभन्दा बढी डिजेल पठाएको उजुरीको अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ।

कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो। बिलमा उल्लेख भएभन्दा बढी ३ हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य १४७ रुपैयाँअनुसार ४ लाख ४८ हजार ५२५ रुपैयाँ हिनामिना भएको आयोगको दाबी छ।

आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका संचालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही ४ लाख ४८ हजार ५२५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।