BIZMANDU
www.bizmandu.com

एटीआर भारतलाई प्रमुख हब बनाउँदै, १० वर्षभित्र ३०० थान बेच्न वायुसेवा कम्पनीसँग छलफल 

२०८२ जेठ २५

एटीआर भारतलाई प्रमुख हब बनाउँदै, १० वर्षभित्र ३०० थान बेच्न वायुसेवा कम्पनीसँग छलफल 
एटीआर भारतलाई प्रमुख हब बनाउँदै, १० वर्षभित्र ३०० थान बेच्न वायुसेवा कम्पनीसँग छलफल 

काठमाडौं। युरोपेली जहाज उत्पादक कम्पनी एटीआरले भारतलाई आफ्नो प्रमुख ‘हब’ बनाउने उद्देश्यसहित विभिन्न वायुसेवा कम्पनीसँग छलफल थालेको छ।

Tata
GBIME

एटीआरका प्रतिनिधिले भारतका विभिन्न वायुसेवा कम्पनीसँग आक्रामकरुपमा डिल गर्न थालेका हुन्। एटीआरका प्रबन्ध निर्देशक जीन पियर क्लर्सिनले आगामी १० वर्षभित्र भारतमा थप ३०० थान एटीआर बेच्ने कम्पनीको लक्ष्य रहेको बताए।

‘भारतीय बजारमा एटीआरको माग बढ्दो छ। यतिखेर कम्पनीले एटीआर जहाज प्रयग गरिसकेका सेडुल र नन-सेडुल दुवै अपरेटरसँग छलफल गरिरहेको छ,’ क्लर्सिनले भनेका छन्।

भारतीय वायुसेवा कम्पनीले अहिले ७० वटा एटीआर जहाज चलाइरहेका छन्। हाल भारतमा १६० वटा विमानस्थल सञ्चालनमा रहेकामा आगामी ५ वर्षमा ५० वटा थपिंदैछन्।

‘हामी जहाजको मूल्य वृद्धि गर्ने पक्षमा छैनौं। राम्रो कुरा के हो भने हामीसँग भएका जहाज क्षेत्रीय उडानका लागि अर्थमैत्री छन्,’ उनले भने,’भारतमै पनि कतिपय आन्तरिक गन्तव्य १ घण्टाको दूरीमा छन्। त्यस्ता गन्तव्यका लागि सुपथ भाडादरमा उडान गर्न एटीआर उचित मानिन्छ।’

एटीआरले हालसम्म विभिन्न मुलुकका २०० वटा वायुसेवा प्रदायक कम्पनीलाई १८ सय थान जहाज बिक्री गरिसकेको छ।

नेपालमा हाल बुद्ध एयरले एटीआर-४२ र एटीआर-७२ सिरिजका १८ वटा जहाजमार्फत उडान गर्दै आएको छ। यस्तै यती एयरलाइन्ससँग एटीआरका ७ वटा जहाज छन्।