BIZMANDU
www.bizmandu.com

बिलिङ ठेक्काको भ्रष्टाचारमा परे टेलिकमका बहालवाला ९ कर्मचारी, जनही करिब १० करोड असुल्न माग

२०८२ जेठ २५

बिलिङ ठेक्काको भ्रष्टाचारमा परे टेलिकमका बहालवाला ९ कर्मचारी, जनही करिब १० करोड असुल्न माग
बिलिङ ठेक्काको भ्रष्टाचारमा परे टेलिकमका बहालवाला ९ कर्मचारी, जनही करिब १० करोड असुल्न माग

काठमाडौं। नेपाल टेलिकमको बिलिङ मर्मतको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध मुद्दा दायर गर्दा १४ जना कर्मचारी परेका छन्।

Tata
GBIME

अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यवसाय अधिकृत संगिता अर्याल पहाडी अर्यालविरुद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो दाबी गरी आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पौडेल यसअघि नै नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचारी ठहर भइसकेका छन्। उनीपछि अर्यालले टेलिकमको नेतृत्व सम्हाल्दै आएकी थिइन्।

यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएका अरुमा टेलिकमका तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमुल श्रेष्ठ छन्।

यस्तै टेलिकमका तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धक राजिवकुमार केसी, तत्कालीन उपप्रबन्धक सन्तोषकुमार श्रेष्ठ, तत्कालीन उपप्रबन्धक नवल चौधरी, तत्कालीन उपप्रबन्धक मुक्तिप्रसाद अर्याल, तत्कालीन उपप्रबन्धक हेमप्रभा रामप्रताप कर्ण र तत्कालीन उपप्रबन्धक परमात्मा भट्टराईलाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरुमध्ये प्रतिभा, झविन्द्रलाल, विनिता र देवेन्द्रले अवकाश पाइसकेका छन्। मुद्दा दायरसँगै पहाडीसहितका ९ कर्मचारी निलम्बनमा परेका छन्।

टेलिकमले मुद्दा दायर गरेका अन्यमा चिनियाँ कम्पनी एसिया इन्फो र त्यसका दुई जना कर्मचारी तथा एसिया इन्फोको नेपाली एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेस श्रेष्ठ हुन्।

सबै प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरेर ९ करोड ८८ लाख ४१ हजार ९५६ रुपैयाँका दरले असुल गर्न माग गरिएको छ।