BIZMANDU
www.bizmandu.com

आप्रवासी लक्षित छापा मार्दा लस एन्जलसमा भड्कियो हिंसा, ट्रम्पले पठाए नेशनल गार्ड

२०८२ जेठ २५

आप्रवासी लक्षित छापा मार्दा लस एन्जलसमा भड्कियो हिंसा, ट्रम्पले पठाए नेशनल गार्ड
Protesters kick the side of a Border Patrol vehicle during a demonstration over the dozens detained in an operation by federal immigration authorities a day earlier in Paramount section of Los Angeles Saturday, June 7, 2025. (AP Photo/Eric Thayer)


अमेरिकाको लस एन्जलसमा अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। गैरकानुनी रुपमा अमेरिकामा बसिरहेकाहरुलाई लक्षित गरेर छापा हानेको विषयमा प्रदर्शन उग्र बनेको हो।

Tata
GBIME

ल्याटिनो जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। अध्यागमन विभागका कर्मचारीहरुले आप्रवासी लक्षित छापा मार्दा प्रदर्शनकारीहरु तोडफोड र आगजनीमा उत्रिएका हुन्।

प्रदर्शन नियन्त्रण बाहिर जाने अवस्था देखिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेशनल गार्डलाई लस एन्जलस पठाएका छन्। करिब २ हजार नेशनल गार्डलाई प्रदर्शन भइरहेको क्षेत्रमा पठाइएको छ।

प्रदर्शनकारीहरुले निजी सवारीमा आगजनी गरिरहेका छन्। लस एन्जलस प्रहरीले धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।