BIZMANDU
www.bizmandu.com

अटो शोका लागि ‘बिगफाइट’, साउनमा हुने नाइमाको एक्स्पोमा देख्न पाइन्छ दर्जन नयाँ गाडी

२०८२ जेठ २४

अटो शोका लागि ‘बिगफाइट’, साउनमा हुने नाइमाको एक्स्पोमा देख्न पाइन्छ दर्जन नयाँ गाडी
अटो शोका लागि ‘बिगफाइट’, साउनमा हुने नाइमाको एक्स्पोमा देख्न पाइन्छ दर्जन नयाँ गाडी


काठमाडौं। अटो शोका लागि दुई संस्थाबीच ‘बिगफाइट’ छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र भर्खरै दर्ता भएको नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)बीच अटो शोका लागि ठूलो प्रतिस्पर्धा छ।

Tata
GBIME

यी दुबै संस्थाले प्रदर्शनीलाई विशेष बनाउन नयाँ गाडी लन्चलाई प्राथमिकतामा राखेका छन्। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्जन नयाँ गाडीहरू आउनेछन्।

नाइमाका अनुसार उक्त एक्स्पोमा लगभग ५० वटा ठूला ब्रान्डका चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीहरू सहभागी हुने निश्चित भएको छ। जसमा यो पटक पुराना नाडा अटो शोमा वर्षौँदेखि भाग नलिएकाहरू पनि सहभागिता हुनेछन्। प्रायः सबै आयातकर्ताले स्टल बुकिङ गराइसकेका छन्। तर त्यसको गोलाप्रथा आगामी दिनमा हुनेछ।

उक्त एक्स्पो यही साउन २१ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। यो एक्स्पोको व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ। यसले यसअघि नेपालमा इभी अटो एक्स्पो आयोजना हुँदा पनि यही कम्पनीले व्यवस्थापन गरेको थियो।

नाइमाले आयोजना गर्ने एक्स्पोमा नयाँ र पुराना गरी ५० वटा ब्रान्डले आ-आफ्नो सवारीसाधन प्रदर्शनी गर्नेछन्। प्यासेन्जर गाडीमा बीवाइडी, सिट्रोन, फोर्थिङ, जीडब्लुएम, भोल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलईभी वन, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्शुबिसी, निसान, ओमोडा एण्ड जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर छन्।

यस्तै, दुई पाङ्ग्रे गाडीमा एम्पेयर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे नाइनबुट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभोइलेटी, याडिया र जिहो छन्।

लाइट कमर्सियलमा चेरी वाङ्दा, डोङफेङ, फरीजोन, हावजी, कामा, क्यारी, किङलङ र सुनलङ छन्।

जसमा फोर्थिङको फ्राडे इभी, एमजीको विन्सर, ओमोडा एण्ड जेकोको भी२३, लिपमोटरको बी१०, बीवाइडी सिलायोन ०७, महिन्द्राको बीई ६ र एक्सइभी ९ई, रेनो क्विड इभी लगायत अन्य धेरै गाडीहरू देख्न पाउनेछौं। केही नेपाल आइसकेर परीक्षण गरिदै छन् भने केही आउने क्रममा छन्।

यस्तै, अन्य रेगुलर ब्रान्डको नयाँ गाडीहरू जस्तै एमजीको एस५, हुन्डाईको क्रेटा इभी र इन्धन भेरियन्ट, बीवाइडीको केही नयाँ गाडीहरू पनि देख्न पाइनेछ। साथै, किया इभी ९, इभी ६ र इभी ५, टोयोटाको यारिस क्रस हाइब्रिड र ल्यान्डक्रुजर, माज्दाको नयाँ गाडी, प्रोटोनको इम्यास ७, म्याक्ससको ईटेरोन पिकअप इभी लगायतका गाडीहरू देख्न पाइनेछ।

लिपमोटर बी १०

यो एक्स्पोमा स्टेलान्टिसको लगानी रहेको लिपमोटरको बी १० एसयूभी आउने भएको छ। यसको विक्रेता सांग्रिला मोटर्सले उक्त गाडी एक्स्पोमा ल्याउने योजना बनाएको हो। यो ब्रान्डको अहिले लिपमोटर सी १० एसयूभी र टी०३ मिनि कार बिक्री भइरहेको छ। नाइमा मोबिलिटी एक्स्पोमा आउन लागेको बी१० ५० देखि ६० लाख रुपैयाँको रेन्जमा भएका एसयूभीहरूलाई प्रतिस्पर्धा गर्न आउनेछ।

यो गाडी लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको हो। यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) फिचर पनि छ। जसमा स्मार्ट पार्किङसहितको १६ वटा फङ्सन छन्।

बी१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डी-आकारको स्टेयरिङ ह्विल छ। सेन्टर कन्सोलमा दुई वायरलेस चार्जिङ प्याड समावेश छन्। यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउड-आधारित एआई भ्वाइस असिस्टेन्ट प्रयोग गर्दछ। बी१० मा १.८३-वर्ग-मिटर सनरुफ र १२ स्पिकरहरू समावेश छन्।

इन्ट्री लेभलको बी१० सिंगल मोटरद्वारा संचालित छ, जसले १७७ हर्सपावर प्रदान गर्छ। जुन ९.३ सेकेन्डमा ० देखि १०० किलोमीटर प्रति घन्टासम्मको गति लिन्छ। अझ शक्तिशाली भेरियन्टले २१४ हर्सपावर प्रदान गर्दछ, जसले गर्दा एक्सेलेरेसन समय ६.८ सेकेन्डमा घट्छ।

बी१० मा दुई ब्याट्री विकल्पहरू प्रदान गरिएको छ। जसमा फुल चार्जमा ५१० किलोमिटर रेन्ज दिने ५६.२ किलोवाट आवर एलएफपी ब्याट्री र ६०० किलोमिटर रेन्जका लागि ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। जसले ब्याट्रीलाई लगभग २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ।

बीवाइडी सिलायोन ७

बीवाइडीको पनि नयाँ गाडी आउने पक्का भएको छ। बीवाइडीको विक्रेता साइमेक्स इंकले अटो एक्स्पोका लागि भनेर सिलायोन ७ गाडी भन्सार पास गरिसकेको छ।

यो गाडीमा १०० किलोवाट क्षमताको मोटर पावर छ। यसमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले एक पटकको फुल चार्जमा ५४२ किलोमिटर रेन्ज दिन्छ।

गत वर्ष भएको नाडा अटो शोमा पनि यो गाडी र यो गाडी बनेको बीवाइडीको ‘ई-प्लेटफर्म ३.० इभो’ डिस्प्ले गरिएको थियो। यसमा भएको ई-प्लेटफर्म ३ इभोले उच्च स्तरको इन्टिग्रेसन, स्ट्रोङ पावरट्रेन र चार्जिङ पर्फर्मेन्सलाई बुस्ट गर्नेगरी तयार पारिएको छ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेड अप डिस्प्लेको सुविधा पनि छ।

यसैगरी, अन्य फिचरहरूमा पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ छन्।

यो गाडी लगभग ७२ देखि ७५ लाखमा आउनेछ।

महिन्द्रा बीइ ६ र एक्सइभी ९ई

महिन्द्राको दुई वटा गाडी बीई ६ र एक्सइभी ९ई पनि हामीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देख्न पाउनेछौं। महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले उक्त गाडी अहिले नेपाली सडकमा परीक्षण गराइरहेको छ।

यो गाडी भारतीय बजारमा नयाँ फिचर लोडेड इभीका रुपमा परिचित छ। यसको नयाँ फिचरहरूले भारतीय अटो बजारमा तरंग समेत ल्याएको थियो।

कम्पनीले भन्सार प्रयोजनका लागि सार्वजनिक गरेको मूल्य अनुसार बीई६ का २ र एक्स इभी ९ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछन्। बीई६ का दुई भेरियन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, एक्स इभी ९ईका ३ भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ तोकिएको छ। यो मूल्य बिक्रीमा भने थपघट हुन्छ।

दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ।

एमजी विन्डसर

एमजीको विन्डसर इभी पनि उक्त अटो शोमा देख्न पाइने भएको छ। एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले उक्त गाडी नेपाली बजारमा भित्र्याइसकेको छ। यो गाडी भारतमा उत्पादन गरिएको मोडल हो।

विन्सर ३८ किलोवाट आवर (युनिट)को ब्याट्री प्याक जडान गरिएको छ। यसले एक पटकको चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ। १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। उक्त मोटर पावरले १३४ ब्रेक हर्सपावर र २०० एनएम टर्क उत्पादन गर्दछ। विन्डसर इभी एक्साइट, एक्सक्लुसिभ र एसेन्स भेरियन्टमा बजारमा आउनेछ।

कारमा इको प्लस, इको, नर्मल र स्पोर्ट गरी कुल चारवटा ड्राइभिङ मोड पनि प्रदान गरिएको छ। यसमा वायरलेस चार्जर, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट जस्ता फिचर दिएका छन्। त्यसको अलावा जस्ता फिचर छन्।

यसको मूल्य भन्सार प्रयोजनका लागि ३९ लाख ४९ हजार र ४२ लाख ४९ हजार रुपैयाँ प्रकाशित गरिएको छ।

फोर्थिङ फ्राइडे

लक्ष्मी ई-मोबिलिटीले अर्को इभी ब्रान्ड फोर्थिङ नेपाल मोबिलिटी एक्स्पोबाट नेपालमा लन्च गर्ने योजना बनाएको छ। उक्त ब्रान्डको फ्राइडे एसयूभी नेपाली बजारमा दुई युनिट छिरिसकेको छ। अहिले कम्पनीले यो गाडीलाई नेपाली रोडमा परीक्षण गरिरहेको छ।

यो गाडीमा ६४.४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसको मूल्य ६० लाखको हाराहारीमा हुने अनुमान गरिएको छ। यसको सेगमेन्ट नै ५० देखि ६० लाख रुपैयाँ पर्ने गाडीहरूसँग प्रतिस्पर्धा गर्ने गरी आएको छ।

ओमोडा एण्ड जेकोको जेको भी२३

शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाल ल्याइरहेको ब्रान्ड ओमोडा एण्ड जेकोको नयाँ गाडी भी२३ पनि हामीले एक्स्पोमा देख्न पाउनेछौं।

चीनमा आइकार ब्राण्डमा उपलब्ध भी-२३ लाइफस्टाइल एसयूभी हो। जुन अहिले भएको जेको जे६ जस्तै रहेको छ। नयाँ जेको भी२३ मा ५९.९३ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री छ। यसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिन्छ।

नेपाल आउने भी२३ मा पनि १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। तर पछि यसलाई अल ह्विल मोटरमा पनि आउनेछ। त्यतिबेला मोटर पावर फरक अगाडि र पछाडि गरेर १५५ किलोवाट क्षमता हुनेछ।

रेनो क्विड इभी

फ्रेन्च अटोमोबाइल कम्पनी रेनोको इभी पनि यो एक्स्पोमा पहिलो पटक देख्न पाइने भएको छ। रेनोको आधिकारिक विक्रेता एड्भान्स अटोमोबाइलले उक्त गाडी नेपाली बजारमा ल्याएर परीक्षण गरिरहेको छ। यो रेनोको चीनमा बिक्री भइरहेको ह्याचब्याक इभी हो।

नेपाल आएको उक्त गाडीमा २६.८ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यस्तै, यो सानो इभीमा ४४ किलोवाट क्षमताको मोटर राखिएको छ।