BIZMANDU
www.bizmandu.com

बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी नेपालमा, केही दिनपछि बिक्री सुरु गर्ने तयारी

२०८२ जेठ २३

बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी नेपालमा, केही दिनपछि बिक्री सुरु गर्ने तयारी
बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी नेपालमा, केही दिनपछि बिक्री सुरु गर्ने तयारी


काठमाडौं। बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी नेपाल आइपुगेको छ। लक्ष्मी प्रिमियमले उक्त गाडी केही दिनअघि नेपाल ल्याएको हो।

Tata
GBIME

कम्पनीले उक्त गाडीको केही दिनपछि बिक्री सुरु गर्ने तयारी गरेको छ। यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा पनि देख्न पाइनेछ।

यस गाडीमा ६६.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध छ। यसले एक पटकको फुल चार्जमा ४७५ किलोमिटर रेन्ज दिन्छ। यसको ब्याट्रीले ११ किलोवाट र १३० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्छ।

यसमा १५० किलोवाट क्षमताको मोटर पावर छ। जसले २०४ पीएस पावर प्रदान गर्छ भने २५० एनएम टर्क उत्पादन गर्छ।

यसको लम्बाइ ४.५ मिटर, उचाइ १.५ मिटर, चौडाइ १.८ मिटर रहेका छन्। यसको ह्विलबेस २.६ मिटरको छ।