काठमाडौं। हिमालय एयरलाइन्स ११औं वर्षमा प्रवेश गरेको छ। हाल विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको एयरलाइन्सले नेपाललाई दक्षिण एसियाकै ‘एभिएसन हब’ बनाउने बताएको छ।
कम्पनीले हाल एयरबसका ५ वटा न्यारोबडी जहाजमार्फत काठमाडौंबाट चीन, साउदी अरेबिया, कुवेत, कतार, दुबइ, मलेसिया, र बंगलादेशमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले पोखराबाट ल्हासातर्फ दुईतर्फी उडान गर्ने गरेको छ।
११औं वर्ष प्रवेशका अवसरमा कम्पनीले कार्यक्रम गरेको छ। कार्यक्रममा कम्पनीका कर्मचारीका साथै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागि थिए।