BIZMANDU
www.bizmandu.com

छ्याङदी हाइड्रोपावरको ३८ करोड ६९ लाखको हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद असार १२ सम्म

२०८२ जेठ २३

छ्याङदी हाइड्रोपावरको ३८ करोड ६९ लाखको हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद असार १२ सम्म
छ्याङदी हाइड्रोपावरको ३८ करोड ६९ लाखको हकप्रद सेयरमा खुल्यो आवेदन, म्याद असार १२ सम्म

काठमाडौं। छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर शुक्रबार निष्कासन गरेको हो।

Tata
GBIME

कम्पनीको चुक्ता पुँजी हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा १:१ अनुपातमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर बिक्री खुलाएको हो।

जेठ १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। आवेदन दिने म्याद असार १२ गतेसम्म छ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ।