BIZMANDU
www.bizmandu.com

पतञ्जलि प्रकरणमा बैंकका ‘जुनियर ट्रेनी’ लाई समेत मुद्दा, यी बैंकरमाथि लाग्यो भ्रष्टाचार आरोप

२०८२ जेठ २२

पतञ्जलि प्रकरणमा बैंकका ‘जुनियर ट्रेनी’ लाई समेत मुद्दा, यी बैंकरमाथि लाग्यो भ्रष्टाचार आरोप
पतञ्जलि प्रकरणमा बैंकका ‘जुनियर ट्रेनी’ लाई समेत मुद्दा, यी बैंकरमाथि लाग्यो भ्रष्टाचार आरोप


काठमाडौं। पतञ्जलि प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित ९३ जनालाई मुद्दा चलाउँदा बैंकको जुनियर कर्मचारीसम्मलाई प्रतिवादी बनाइएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा बुझाएको अभियोगपत्रको प्रतिवादीको सूचीमा ५४ नम्बरमा बैंककी एक ‘जुनियर म्यानेजमेन्ट ट्रेनी’ को समेत नाम राखिएको छ।

काभ्रेपलान्चोक घर भएकी ३८ वर्षीय उनै ट्रेनी एशु मैनालीलाई प्रतिवादी बनाइएको हो। उनी तत्कालीन सनराइज बैंक (हाल लक्ष्मी सनराइज) मा ट्रेनीको रूपमा कार्यरत थिइन्।

ट्रेनी पद बैंकको कर्मचारी बन्न प्रवेशको प्रारम्भिक ओहदा मानिन्छ। यो पदमा रहेर सामान्यता कुनै पनि नीतिगत निर्णयहरु गर्न पाइँदैन र हुँदैन पनि। त्यस्तै, सोही बैंकका तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ। उनी पूर्व प्रधानमन्त्री माधव नेपालका भान्जा पनि हुन्। उनी पछि सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी भएका थिए।

तत्कालिन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जनमाथि पनि मुद्दा दायर भएको छ। उनी अहिले स्टार हस्पिटलको अध्यक्ष छन्। उनले बैंकिङ क्षेत्र छाडेको दशक पुग्न लागिसक्यो।

जोखिम विभागका तत्कालिन अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीय सापकोटा, अधिकृत ममता पराजुली, नायब महाप्रबन्धक आशा राणा अधिकारीमाथि पनि मुद्दा दायर भएको छ। सहायक महाप्रवन्धक निता प्रधान पनि प्रतिवादी बनाइएको छ।

बैंकका तत्कालिन अनुपालन विभागका सुनिलरत्न स्थापित, जोखिम विभाग प्रमुख संजयकुमार सिद्दी, प्रमुख व्यवस्थापन विभाग रविनकुमार नेपाल, वरिष्ठ सहायक विक्रान्त कोइराला, नायब महाप्रबन्धक बलराम विष्टलाई पनि प्रतिवादी बनाइएको छ।

अदालतमा बुझाइएको अभियोग पत्रमा दुई जनालाई पतञ्जलि जग्गा प्रकरणमा धितो राखेर कर्जा दिइएको अभियोग लागेको छ। तर, त्यो कर्जा चुक्ता भइसकेको देखिएको छ। तैपनि उनीहरूलाई प्रतिवादी बनाइएको हो।