BIZMANDU
www.bizmandu.com

बजेटमा आएको ‘टेक एण्ड पे’ व्यवस्था नसच्याए पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी

२०८२ जेठ २२

बजेटमा आएको ‘टेक एण्ड पे’ व्यवस्था नसच्याए पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी
बजेटमा आएको ‘टेक एण्ड पे’ व्यवस्था नसच्याए पावर हाउस बन्द गर्ने इप्पानको चेतावनी

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बजेटको व्यवस्था सरकारले नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन्।

GBIME
Tata

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बजेटमा आएका ‘टेक एण्ड पे’को व्यवस्थाका कारण ऊर्जा क्षेत्र तहसनहस हुने बताए। पछिल्लो समय ऊर्जा क्षेत्रमाथि हरेक ठाउँबाट प्रहार भइरहेको उनले आरोप लगाए।

‘सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ,’ कार्कीले भने, ‘हामीले त्यो लक्ष्यलाई देखाएर विभिन्न मुलुकमा गएर विदेशी लगानीकर्तालाई जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएका छौँ। तर बजेटमा आएको व्यवस्थाले उनीहरू पनि तर्सिन थालेका छन्।’

सरकारले बजेटको व्यवस्था नसच्याएमा पावर हाउस बन्द गर्नुको विकल्प आफूहरूसँग नभएको उनको भनाइ थियो।