BIZMANDU
www.bizmandu.com

प्रभु क्यापिटलले ल्यायो प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, शुक्रबारदेखि बिक्री खुला

२०८२ जेठ २२

प्रभु क्यापिटलले ल्यायो प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, शुक्रबारदेखि बिक्री खुला
प्रभु क्यापिटलले ल्यायो प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, शुक्रबारदेखि बिक्री खुला


काठमाडौं। प्रभु क्यापिटलले खुलामुखी सामूहिक लगानी कोष (म्युचुअल फण्ड)को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई शुक्रबारदेखि बिक्री खुला गर्न लागेको हो।

पहिलो चरणमा प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका ४ करोड इकाईको ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्धक प्रभु बैंक र ७.५ प्रतिशत इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेर सर्वसाधारणहरुमा २ करोड ५० लाख इकाई बिक्री गर्न लनगिएको हो।

त्यसपछि इकाई व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिनेछ। व्यवस्थित लगानी योजना (एसआइपी) अन्तर्गत आवेदन गर्न सक्ने न्यूनतम १ हजार रुपैयाँको योजनामा एसआइपी र डिभिडेन्ट रि-इन्भेष्टमेन्ट प्लान (डीआरआइपी)मार्फत खरिद गर्न सकिनेछ।

पहिलो पटक प्रति इकाई अंकित मूल्य १० रुपैयाँ र त्यसपछि कायम भएको खुद सम्पत्ति मूल्यका आधारमा एसआइपी, एसडब्लुआइपी र डीआरआइपीबाट इकाई खरिदबिक्री गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ।