काठमाडौं। नेदरल्याण्ड्सले नेपाल सामू २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले सुरुवाती ब्याटिङ गर्दै ४९.१ ओभरमा अलआउट भएर २२५ रन बनाएको हो।
स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल स्टेडियममा डच टोलीका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।
नेदरल्याण्ड्सका ब्याटरहरुलाई नेपाली बलरले सुरुबाटै दवाबमा राखे। डच टोलीका लागि नोह क्रोएसले सर्वाधिक ४८ रन बनाउँदा स्कट एडवार्ड्सले ४६ तथा विक्रमजित संघले ३८ रनको महत्वपूर्ण योगदान दिए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान २ विकेट लिए।
नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।