BIZMANDU
www.bizmandu.com

बगरमा पुरेर लुकाइएको ११२० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न भेटिएनन्

२०८२ जेठ २१

बगरमा पुरेर लुकाइएको ११२० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न भेटिएनन्
बगरमा पुरेर लुकाइएको ११२० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न भेटिएनन्

काठमाडौं। सुनसरीको दक्षिणवर्ती गाउँपालिका हरिनगरमा लुकाइछिपाइ राखेको अवस्थामा १ हजार १ सय २० किलो गाँजा बरामद भएको छ। हरिनगर-५ र ६ मा पर्ने कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाएको अवस्थामा उक्त परिमाणमा गाँजा फेला परेको हो।

Tata
GBIME

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सूचना पाएर मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली कटान खोला बगर पुगेको थियो। खोजतलास गर्दा बगरमा गाडेर लुकाइएको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको गाँजा बरामद भएको हो।

गाँजा बरामद भएको ठाउँबाट भारतीय सीमा नजिकै छ। बरामद गाँजा इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ भने ओसारपसारमा संलग्नको खोजतलास भइरहेको जनाइएको छ।