लि जेए मुङले दक्षिण कोरियाको राष्ट्रपति पदको सपथ लिएका छन्। उनी निर्वाचनमा ५० प्रतिशत मत पाउँदै राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।
लिले दक्षिण कोरियाको प्रजतन्त्रलाई बलियो बनाउने र देशलाई एकताबद्ध बनाउने बताएका छन्।
युन सुक उलले ६ महिनाअघि दक्षिण कोरियामा अप्रत्याशित मार्सल ल लागू गरेपछि उनलाई राष्ट्रपति पदबाट महाभियोग लगाएर निलम्बन गरिएको थियो। त्यहाँको संवंधानिक अदालतले सो महाभियोगलाई सदर गरेसँगै दक्षिण कोरियालले नयाँ राष्ट्रपति पाएको हो।
युनले मार्सल ल लगाउँदा नवनिर्वाचित राष्ट्रपति लि विपक्षी दलका नेता थिए। उनले त्यसबेला खुलेर मार्सल लको विरोध गर्नुका सागै युनलाई महाभियोग लगाएर हटाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
राष्ट्रपति बनेपछि लिलाई मार्सल ल लागू भएपछि दक्षिण कोरियालीमा समाजमा देखिएको विखण्डनलाई तोडेर फेरि एकताबद्ध बनउनुपर्ने चुनौती छ। साथै, बढ्लिँदो वैश्विक आर्थिक परिवेशमा दक्षिण कोरियाको अर्थतन्त्रलाई बलियो बनाउन उनलाई दबाब हुनेछ।
विशेषगरि अमेरिकाले लगाएको करबाट कोरियालाी अर्थतन्त्रलाई धरासायी हुनबाट रोक्न उनलाई चुनौती रहेको छ।